logo
  • शनिबार, असोज १७ २०८३

चन्द्रमाको दक्षिणी ध्रुवमा भारतीय अन्तरिक्षयानको सफल अवतरण


  • पब्लिक सूचना
  • बुधबार, भाद्र ६ २०८०

काठमाडौं, भदौ ६ गते। भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान–३ अवतरण गरेर इतिहास बनाएको छ। चन्द्रमाको दक्षिणी ध्रुव नजिक  चन्द्रयान अवतरण गरेर भारतले अन्तरिक्ष यात्रामा इतिहास बनाएको हो।

चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन्। यदि चन्द्रयान–३ सफलतापूर्वक अवतरण  भएसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देश भएको छ।

रुसको लुना–२५ चन्द्रमाको सोही क्षेत्रमा अवतरण हुने क्रममा दुर्घटना भएको केही दिनपछि भारतको यो महत्त्वाकाङ्क्षी प्रयास गरेको हो।

blog

चन्द्रमाको दक्षिणी ध्रुवमा हिमजलको खोजी चन्द्रयान–३ को मुख्य लक्ष्य भएका बताउँदै इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले त्यहाँ सधैँ छायामा रहने सतह अधिक रहेका र उक्त क्षेत्रमा पानीको सम्भावना रहेको जनाएको छ।

अमेरिका, पूर्वसोभियत सङ्घ र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक ‘सफ्ट ल्यान्डिङ’ गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका थिएनन्।

सन् २०१९ मा दक्षिणी ध्रुव नजिक आफ्नो चन्द्रयान–२ अवतरण गर्ने भारतको प्रयास असफल भएको थियो। त्यतिबेला चन्द्रयान–२ चन्द्रमाको सतहमा खसेको थियो। त्यसैले भारतीय मात्र नभई अन्तरिक्ष विज्ञानमा रुचि राख्ने सबैको दृष्टि चन्द्रयान–३ मा थियो।

सन् १९६२ को जनवरी २३ मा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले अन्तरिक्ष अनुसन्धानका निम्ति राष्ट्रिय समिति गठन गरेर भारतलाई अन्तरिक्ष युगतर्फको पहिलो यात्रामा निस्कन अभिप्रेरित गर्नुभएको थियो।  रासस र एएनआईको सहयोगमा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend