logo
  • आइतबार, असोज १८ २०८३

उपाधि दाबेदार भारतको एसिया कप खेल्ने टोली घोषणा


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र ५ २०८०

उपाधिको प्रमुख दाबेदार भारतले दुई सातापछि श्रीलंका र पाकिस्तानमा हुने एसिया कप खेल्ने टोली घोषणा गरेको छ । भारतको टोलीमा दुई प्रमुख ब्याटर लोकेश राहुल र श्रेयस ऐर टोलीमा फर्किएका छन् । एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बरसम्म हुनेछ । भारतका सबै खेल श्रीलंकामा हुनेछन् । नेपाल, भारत र पाकिस्तान समूह ए मा छन् । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । भारतले पहिलो खेल २ सेप्टेम्बरमा पाकिस्तान र ४ सेप्टेम्बरमा नेपालसँग खेल्नेछ ।

भारतले अघिल्लो साता वेस्टइन्डिजविरुद्ध डेब्यू गरेका तिलक बर्मालाई भारतले टोलीमा समेटेको छ । तर विकेटकिपर सन्जु स्यामसनलाई टोलीबाट बाहिर राखेको छ । स्यामसन वैकल्पिक खेलाडीको रुपमा टोलीमा हुनेछन् ।

भारतीय टोलीमा जस्प्रित बुमराह, लोकेश राहुल र श्रेयस ऐरले पूनरागमन गरेका हुन् । बुमराहको कप्तानीमा भारतले आयरल्यान्डविरुद्ध टि२० आई सिरिज खेलेको छ । यी तीन खेलाडी एकवर्ष देखी चोटका कारण टोलीमा थिएनन् ।

भारतको टोली :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend