पब्लिक सूचना
SYDNEY, AUSTRALIA - AUGUST 20: Ivana Andres of Spain and teammates celebrate with the FIFA Women's World Cup Trophy following victory in the FIFA Women's World Cup Australia & New Zealand 2023 Final match between Spain and England at Stadium Australia on August 20, 2023 in Sydney / Gadigal, Australia. (Photo by Elsa - FIFA/FIFA via Getty Images)
रौतहट ,आशिष लामिछाने: इंग्ल्यान्डमाथि जित निकाल्दै स्पेन पहिलोपल्ट फिफा महिला विश्वकपको च्याम्पियन बनेको छ । इंग्ल्यान्डलाई १–० ले पराजित गर्दै स्पेन पहिलो पटक च्याम्पियन बनेको हो ।
स्टेडियम अष्ट्रेलिया सिड्नीमा शनिबार भएको फाइनलमा स्पेनलाई च्याम्पियन बनाउन कप्तान ओल्गा कारमोनाले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको २९औं मिनेटमा गोल गर्न सफल भएको थियो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको १६औं मिनेटमा लौरेन हेम्पको प्रहार क्रसबारमा लाग्दै फर्कदा इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो । काउन्टर अट्याकमा जर्जिया स्टानवेको क्रसमा रचेल डालीको कटब्याकलाई हेम्पले गरेको प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।
लगत्तै १७औं मिनेटमा इंग्ल्यान्डकी गोलरक्षक मारी अर्पसले अल्वा रेडोन्डोको क्लोज रेन्जको प्रहारलाई विफल पार्दा स्पेन पनि अग्रता लिनबाट चुक्यो । मारिओना कालडेन्टेको क्रसलाई साल्माले राम्रोसँग प्रहार गर्न नसकेपनि डिफलेक्ट हुँदै आएको बललाई रेडोन्डोले गरेको प्रहारमा गोलरक्षक मारी बाक बनिन् ।
२९औं मिनेटमा कप्तान ओल्गा कारमोनाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाइन् । मोरिओना कालडेन्टेको दिएको पासमा डिफेन्डर रहेकी कप्तान ओल्गाले ओभरल्यापमा जाँदै सहजै गोल गर्न सफल भइन् ।

यससँगै २३ वर्ष ६९ दिनकी ओल्गा विश्वकपको फाइनलमा गोल गर्ने चौथो कान्छी खेलाडी बनेकी छिन् । विश्वकपमा गोल गर्ने कान्छी खेलाडी एलेक्स मोर्गान हुन् । उनले सन् २०११ मा २२ वर्ष १५ दिनको उमेरमा गोल गर्दै कीर्तिमान बनाएकी थिइन् । ३७औं मिनेटमा एरिन पारेडेसको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरिदा स्पेन अग्रता दोब्बर पार्नबाट चुक्यो ।
४३औं मिनेटमा लौरेने हेम्पको क्रसमा एला टुनले सुवर्ण अवसर पाएपनि फाइनल टच दिन नसक्दा इंग्ल्यान्ड बराबरीबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ओना ब्याटलको पासमा साल्माको प्रहार पोस्टमा लाग्दै बाहिरिदा स्पेनले अग्रता बढाउन सकेन ।
५४औं मिनेटमा चोल केलीको क्रसमा हेम्पको हाफ भली प्रहारलाई पोस्ट नजिकैबाट थोरैले बाहिरिदा इंग्ल्यान्डले खेललाई बराबरी गर्न सकेन । ६२औं मिनेटमा जेनिफर हर्माेसोको पासमा बोनामातीको पेनाल्टी बक्सबाहिरको प्रहार आकासियो ।
६९औं मिनेटमा स्पेन अग्रता दोब्बर पार्नबाट चुक्यो । जेनिफर हर्माेसोको पेनाल्टी प्रहारलाई इंग्ल्यान्डकी गोलरक्षक मारी अर्प्सले बचाइन् । पेनाल्टी बक्समा केइरा वाल्सले हातले बल छुन पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै स्पेनलाई पेनाल्टी प्रदान गरेको थिउो ।
७६औं मिनेटमा लौरेन जेम्सको प्रहारलाई स्पेनलाई गोलरक्षक क्याटालिना कुलले पञ्च गर्दै बचाउँदा स्पेनलाई खेलमा कायम राखिन् ।
दुवै टोली पहिलोपटक फाइनलमा पुगेको हो । महिला विश्वकपमा स्पेन च्याम्पियन हुने पाँचौ राष्ट्र बनेको छ । यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक पटक उपाधि जितेका छन् ।
स्पेनको च्याम्पियन यात्रा
समूह चरण
स्पेनविरुद्ध हाइटी (३–०)
स्पेनविरुद्ध जाम्विया (५–०)
स्पेनविरुद्ध जापान (०–४)
प्रि–क्वाटरफाइनल
स्पेनविरुद्ध स्वीट्जरल्यान्ड (५–१)
क्वाटरफाइनल
स्पेनविरुद्ध नेदरल्यान्ड्स (२–१)
सेमिफाइनल
स्पेनविरुद्ध स्वीडेन (२–१)
फाइनल
स्पेनविरुद्ध इंग्ल्यान्ड (१–०)

एडिडास गोल्डेन बुट अवार्ड हिनाता मियाजावालाई जान्छ! 👊

एडिडास गोल्डेन बल अवार्ड आइटाना बोनमतीलाई जान्छ! ⚽️

एडिडास गोल्डेन ग्लोभ अवार्ड मेरी इर्प्सलाई दिइन्छ!

फिफा उत्कृष्ट युवा खेलाडीको अवार्ड सलमा पारल्युलोलाई दिइयो!
तस्बिरहरु:







© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend