logo
  • शनिबार, असोज १७ २०८३

फिफा महिला विश्वकप २०२३ को फाइनलमा स्पेन र इंग्ल्यान्डको प्रतिस्पर्धा


  • आशिष लामिछाने
  • शुक्रबार, भाद्र १ २०८०

नवौँ फिफा  महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करणअन्तर्गत इंग्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

Women's World Cup: The Teams Heading to the Final

इंग्ल्यान्डले सिड्नीमा बुधबार भएको दोस्रो सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई ३–१ ले हराउँदै स्पेनसँगको फाइनल समीकरण तयार गरेको हो । फाइनल पुगेका दुवै राष्ट्र नयाँ हुन् । यसपटकको विश्वकपले नयाँ विश्वविजेता दिनेछ । यसअघि पूर्वविजेताहरू अमेरिका प्रिक्वार्टरफाइनल, जर्मनी समूह चरण र जापान क्वार्टरफाइनलबाटै बाहिरिएपछि चालू विश्वकपमा नयाँ विश्वविजेता पाउने निश्चित भएको हो ।

जितसँगै  इंग्ल्यान्डले अब उपाधिका लागि स्पेनको सामना गर्ने छ । यी दुबै टोली पहिलोपटक फाइनलमा पुगेका हुन् ।

स्पेनले पहिलो सेमिफाइनलमा उपाधिकै प्रबल दाबेदार स्विडेनमाथि २–१ को सनसनी जित निकालेको थियो । अस्ट्रेलियाले १९ अगस्टमा तेस्रो स्थानका लागि स्विडेनको सामना गर्नेछ । पहिलोपटक विश्वकपको फाइनल स्थान बनाउने क्रममा इंग्ल्यान्डले अस्ट्रेलियामाथि दबाब राखेको थियो । इंग्ल्यान्डले सन् २०१५ मा तेस्रो र सन् २०१९ मा चौथो स्थान प्राप्त गरेको थियो । महिला विश्वकप इतिहासमा इंग्ल्यान्डको अहिलेसम्मको उत्कृष्ट नतिजा यही नै हो । सन् १९६६ मा पुरुषतर्फको इंग्लिस टोलीले फाइनल स्थान बनाउँदै उपाधि जितेको थियो । त्यसयता पुरुष तथा महिलातर्फ इंग्लिस टोली विश्वकपको फाइनल पुगेको यही नै हो ।

स्पेन महिला विश्वकप फुटबलको फाइनलमा - NepaliPatra

सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुरस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्‍याइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend