logo
  • शनिबार, असोज १७ २०८३

म्यानचेस्टर सिटी युइएफए सुपर कप च्याम्पियन


  • पब्लिक सूचना
  • बिहिबार, साउन ३२ २०८०

इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए सुपर कप च्याम्पियन बनेको छ । टाइब्रेकरमा स्पेनिस क्लब सेभियालाई ५–४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो ।

ग्रीसको एथेन्समा बुधबार राति भएको खेलको निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेलको निर्णय टाइब्रेकरबाट लिइदा सिटीले बाजी मारेको हो । टाइब्रेकरमा सिटीका सबै एर्लिङ ब्राउट हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गर्न सफल भए ।

सेभियाका नेमान्जा गुडेल्जले अन्तिम प्रहारमा गोल गनए सकेनन् । लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गर्न सफल भए ।

त्यसअघि युसुफ एन न्यास्रीको गोलबाट सेभियाले खेलको २५औं मिनेटमा अग्रता लिन सफल भएको थियो । उनले मार्काेस एकुनाको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए । तर, सेभियाले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन ।

एक गोलले पछि परेको सिटीले ६३औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । २१ वर्षीय युवा विंगर कोल पाल्मेरले रोड्रीको पासमा हेडरमार्फत गोल गर्न सफल भए ।

त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो । खेलमा सेभियाका गोलरक्षक बोनो र सिटीका एडर्सन मोराएसले उत्कृष्ट बचाउ गरेका थिए ।

गत सिजन तेहोरो उपाधि जितेको सिटीले युइएफए सुपर कपमा पहिलो सहभागितामै पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । युइएफए सुपर कप युइएफए च्याम्पियन्स लिग विजेता र युइएफए युरोपा लिग च्याम्पियनबीच हरेक वर्ष हुने गर्दछ ।

सिटी च्याम्पियन्स लिगको तथा सेभिया युरोपा लिगको च्याम्पियन हो । सिटी पहिलोपटक नै च्याम्पियन्स लिगको च्याम्पियन बनेको टोली हो । सिटीले गत सिजन च्याम्पियन्स लिगसँगै इंग्लिस प्रिमियर लिग र एफए कप जितेको थियो ।

यता, सेभियाले सातपटक फाइनल खेल्दा एक पटक मात्रै च्याम्पियन बनेको छ । सेभिया सन् २००६ मा च्याम्पियन बनेको थियो । त्यसयता, २००७, २०१४, २०१५, २०१६, २०२० र २०२३ मा फाइनल खेलेपनि उपाधि जित्न सकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend