पब्लिक सूचना
इन्टर मायमी अमेरिकाको लिग्स कपको फाइनलमा पुगेको छ। आज भएको सेमिफाइनलमा फिलाडेल्फियालाई ४-१ गोलले पराजित गर्दै मायमी फाइनलमा पुगेको हो। मायमीका लागि जोसेफ मार्टिनेजले तेस्रो मिनेटमै गोल गरेका थिए। लिओनल मेसीले २० मिनेटमा मायमीको अग्रता दोब्बर पारे।

मेसीले मायमीका लागि लगातार ६ खेलमा गोल गर्न सफल भए। उनले ६ खेलमा ९ गोल गरिसकेका छन्।
जोर्डि अल्बाले पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा मायमीका लागि तेस्रो गोल गरे। फिलाडेल्फियाका लागि बेडोयाले ७३ मिनेटमा गोल गरेका थिए। ८४ मिनेटमा डेभिड रुइजले मायमीका लागि चौथो गोल गरे।
अब उपाधिका लागि मायमीले नासभिलसँग शनिबार खेल्नेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend