पब्लिक सूचना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको उपलक्ष्यमा बधाई तथा शुभकामना दिएका छन्।
मंगलबार परेको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले ट्विट गर्दै मोदीलाई बधाई एवं शुभकामना दिएका हुन्। उनले प्रधानमन्त्री मोदीसँगै भारतका जनतालाई पनि शुभकामना व्यक्त गरेका छन्।
‘भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई निरन्तर शान्ति, प्रगति र समृद्धिका लागि हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहान्छु,’ उनले लेखेका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend