logo
  • शनिबार, असोज १७ २०८३

साउदी प्रो लिगको पहिलो खेलमै अल-नासर पराजित


  • पब्लिक सूचना
  • मंगलबार, साउन ३० २०८०

साउदी अरेबियाको प्रो लिगको पहिलो खेलमै अल-नासर पराजित भएको छ। अल-नासरलाई अल-इत्तिफाकले २-१ गोलले पराजित गरेको हो।

इत्तिफाकमा इंग्ल्यान्ड तथा लिभरपुलका पूर्व खेलाडी जोर्डन हेन्डर्सनले डेब्यू गरेका थिए।

यस्तै क्लबको प्रशिक्षकको रुपमा इंग्ल्यान्डका अर्का पूर्व खेलाडी स्टेफिन जेरार्डले डेब्यू गरेका थिए। जेरार्ड गत जुलाई ३ मा इत्तिफाकको प्रशिक्षक नियुक्त भएका थिए।

अल-नासरका फरवार्ड क्रिस्टियानो रोनाल्डले चोटका कारण खेल गुमाएका थिए भने यसै सिजन जर्मन क्लब बायर्न म्युनिखबाट नासरमा आबद्ध भएका साडियो माने मैदान उत्रिएका थिए। खेलको चौथो मिनेटमा मानेको गोलबाट नासरले खेलमा अग्रता लिएको थियो।

May be an image of 7 people, people playing football, people playing soccer, stadium and text

तर दोस्रो हाफमा इत्तिफाकले दुई गोल गर्दै जित निकाल्यो। उसका लागि रोबिन क्वाइसनले ४७ र माउसा डेम्बेलेले ५३ मिनेटमा गोल गरे।

अर्को खेलमा अल हिलालले अब्हालाई ३-१ गोलले पराजित गरेको छ। हिलालमा सोमबार मात्र ब्राजिलयन फरवार्ड नेइमार जाने पक्का भएको थियो।

यता करिम बेन्जेमा आबद्ध अल-इत्तिहादले अल-राइदमाथि ३-० गोलको जित निकालेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend