नेपालले तीन सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप खेल्न १७ सदस्य अन्तिम टोली घोषणा गरेकोछ । रोहितको कप्तानीमा नेपालले अन्तिम टोली घोषणा गरेको हो । घोषणा टोलीमा युवा ब्याटर देव खनाल भने पर्न सकेनन् ।
नेपालले श्याम ढकाल, सन्दीप जोरा र किशोर महतोलाई टोलीमा मौका दिएको छ । एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
पाकिस्तान र बंगलादेशले पनि १७ सदस्य टोली घोषणा गरेका छन् । यसअघि आइसिसी र एसिसीको प्रतियोगितामा एक टोलीमा १५ खेलाडी हुने गर्दथ्यो । तर यस पटक एसिया कपमा हरेक टोलीमा १७ सदस्य खेलाडी छन् ।
नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग खेल्ने हुनेछ । नेपाल शीर्ष दुईमा पर्न सके सुपर फोरमा पुग्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्दैछ ।
नेपालको एसिया कप खेल्ने टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र मौसम ढकाल ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend