logo
  • शनिबार, असोज १७ २०८३

चेल्सी र लिभरपुलको रोमान्चक बराबरी


  • पब्लिक सूचना
  • सोमबार, साउन २९ २०८०

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको चेल्सी र लिभरपुल बीचको खेल रोमान्चक बराबरीमा सकिएको छ ।

निकै आक्रमक रणनीतिमा देखिएका चेल्सी र लिभरपुलको खेल १-१ को बराबरीमा टुंगियो । लिभरपुलले खेलमा सुरुवाती अग्रता लिँदै पकड जमाएपनि जित दर्ता गर्न सकेन । चल्सीले पनि अन्त्यतिर जित निकाल्ने अवसर सदुपयोग गर्न सकेन ।

१८ अ‍ौं मिनेटमा लुइस डियाजले लिभरपुललाई अघि बढाएका थिए । मोहमद सलाहको सुन्दर पासमा उनले पहिलो टचमै गोल गरेका थिए ‌। २९ अ‍ौं मिनेटमा सलाह आफैंले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिएको थियो ।

३७ अ‍ौं मिनेटमा चेल्सीले बराबरी गोल फर्कायो । डेब्यु गरिरहेका डिफेन्डर एक्सेल डिसासीले चेल्सीका लागि गोल गरे । फ्रान्सेली डिफेन्डरले क्लियर हुन नसकेको फ्रिकिकमा ६ यार्ड बक्स भित्रबाट गोल गरे ।

त्यसको दुई मिनेटमै बेन चिलवेलले गरेको गोल भिएआरले मान्यता नदिँदा चेल्सी अघि बढ्न पाएन । चेल्सीले त्यसपछि खेलमा पकड जमाएपनि निकोलस ज्याक्सनले पटक पटक लिभरपुलका गोलरक्षक एलिसनलाई बिट गर्न सकेनन् ।

त्यसअघि टोटेनहम हट्सपर र ब्रेन्टफर्डको खेल २-२ को बराबरीमा सकिएको थियो । टोटेनहमले क्रिस्टियन रोमेरोको गोलमा अग्रता लिएको थियो ।

तर ब्रायन एमब्वेमोले पेनाल्टी र जोआन विसाले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयमा एमर्सन रोयलले खेल बराबरी गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend