logo
  • आइतबार, असोज १८ २०८३

रोनाल्डो चम्कँदा अल नासर च्याम्पियन


  • पब्लिक सूचना
  • आइतबार, साउन २८ २०८०

कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को च्याम्पियन बनेको छ । साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पूनरागमन जित निकाल्दै १० खेलाडीमा समेटिएको अल नासर च्याम्पियन बनेको हो ।

अल नासरलाई च्याम्पियन बनाउन कप्तान रोनाल्डोले दुई गोल गरे । अल हिलालका माइकलको गोल सान्त्वना बन्यो । किङ पाद स्टेडियम साउदीमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ५१औं मिनेटमा माइकलको गोलबाट अल नासर खेलमा पछि परेको थियो । उनले माल्कोमको पासमा गोल गर्न सफल भएका थिए ।

७१औं मिनेटमा अल नासर १० खेलाडीमा समेटिदा टोली थप समस्यामा पर्यो । अब्दुल्लाह अल एम्री सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । तर, १० खेलाडीमा समेटिएको अल नासरका लागि ७४औ मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले सुल्तान अल घनामको पासलाई सदुपयोग गरेका थिए ।

May be an image of 1 person, playing football, playing soccer, ball, stadium and text

७८औं मिनेटमा अल नासरका अल बोउसेल पिच बाहिर नवाफ पनि रातो कार्ड खाँदै बाहिरियो । त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बियो ।

९८औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को पूनरागमन जितसहित च्याम्पियन बनाए । अरब क्लब च्याम्पियन्स कपमा ३८ वर्षीय रोनाल्डोको यो छैटौं खेलमा खेलमा छैटौं गोल हो ।

उनले समूह चरणको पहिलो खेलमा बाहेक त्यसपछिको सबै खेलमा गोल गर्न सफल भए । दुई गोल गरिसकेका रोनाल्डो ११५औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिनु परेको थियो ।

May be an image of 5 people, people playing football, people playing soccer, stadium and text

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend