logo
  • आइतबार, असोज १८ २०८३

महिला टी-२० विश्वकप छनोटका लागि नेपाली टिम घोषणा


  • पब्लिक सूचना
  • शुक्रबार, साउन २६ २०८०

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टिम घोषणा गरिएको छ।

मलेसियामा आयोजना हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्।

अगस्ट अन्तिम सातादेखि हुने प्रतियोगितामा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।

May be an image of 1 person and text

समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।

विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

May be an image of 6 people and text that says 'CAN EPAL EPA KELME'

नेपाली टिम 
रुबिना क्षेत्री, सीता राना मगर, इन्दू बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, विन्दू रावल, अप्सरी बेगम, कालोज श्रेष्ठ, सम्झना खड्का, इश्वरी विष्ट, रुबी पोद्दार, खुसी डंगोल र पुजा महतो।

यसअघि नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको कन्सल्ट्यान्ट प्रशिक्षकमा भारतकी देविका दिलिप पल्शिकर नियुक्त भएकी थिइन्।

May be an image of 4 people and text

उनी नेपालले टी-२० विश्वकप छनोट खेल्दा कन्सल्ट्यान्ट प्रशिक्षकको भूमीकामा हुनेछिन्।

सन् २००८ सम्म भारतको टिमबाट खेलेकी देविका २०१४ देखि २०१६ सम्म भारतको सहायक प्रशिक्षक थिइन्। यस्तै उनी २०१८ मा बंगलादेशको सहायक प्रशिक्षक हुँदा गत सिजन भारतको वुमन्स प्रिमियर लिगका लागि मुम्बई इन्डियन्सकी ब्याटिङ प्रशिक्षक थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend