logo
  • शनिबार, असोज १७ २०८३

नेदरल्यान्ड्सलाई निराश पार्दै स्पेन सेमिफाइनलमा


  • पब्लिक सूचना
  • शुक्रबार, साउन २६ २०८०

वेलिङटन — सलमा पारालेलोले अतिरिक्त समयमा गरेको उत्कृष्ट गोलको मद्दतले स्पेनले नेदरल्यान्ड्सलाई २–१ ले पराजित गर्दै महिला विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा रहेको थियो ।

खेल टाइब्रेकरतर्फ अग्रसर भइरहेको बेला पारालेलोले १ सय ११ औं मिनेटमा निर्णायक गोल गरेकी हुन् । स्पेन महिला विश्वकपको सेमिफाइनल पुगेको यो पहिलो पल्ट हो । हारले पछिल्लो विश्वकपको उप–विजेता नेदरल्यान्ड्सको चुनौती समाप्त भएको छ ।

स्पेनका लागि मारिना काल्डेनट्रीले पेनाल्टीबाट ८१ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन् । डच खेलाडी स्टेफान भान डेर ग्राटले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि स्पेनको भाग्य खुलेको हो ।

तर दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा भान डेर ग्राटले नै थ्रु बलमा प्राप्त पास सदुपयोग गर्दै उत्कृष्ट गोल गरिन् र नेदरल्यान्ड्सलाई खेलमा फर्काउन सफल रहिन् । त्यसअगाडि खेलको ३७ औं मिनेटमा स्पेनकी इस्थर गोन्जालेजले बललाई पोस्टको दिशा दिए पनि ‘भार’ ले त्यसलाई मान्यता दिएन् र अफ साइड निर्णय दिइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend