पब्लिक सूचना
युरोपेली नेसन्स लिगको उपाधिका लागि आइतबार स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

क्रोएसियाले घरेलु टोली नेदरल्यान्ड्सलाई सेमिफाइनलमा स्तब्ध पार्दै फाइनलको यात्रा तय गरेको थियो । पहिलो पटक उपाधि जित्ने लक्ष्य राखेको क्रोएसियाले अतिरिक्त समयसम्म लम्बिएको खेलमा ४-२ को जित दर्ता गरेको थियो ।
यता स्पेनले इटालीलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो । जोसेलुले खेलको अन्त्यतिर गोल गरेपछि स्पेन २-१ को जितका साथ फाइनलमा पुगेको हो ।
स्पेनले पछिल्लो ६ मध्य ३ खेलमा हार बेहोरेको छ । यता क्रोएसिया भने पछिल्लो ६ मा मात्र १ हार बेहोरेको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend