पब्लिक सूचना
Australia's Katrina Gorry, left, and Denmark's Pernille Harder challenge for the ball during the Women's World Cup round of 16 soccer match between Australia and Denmark at Stadium Australia in Sydney, Australia, Monday, Aug. 7, 2023. (AP Photo/Rick Rycroft)
काठमाडौं, साउन २२ गते । आयोजक अष्ट्रेलिया र इङ्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सिड्नीस्थित अष्ट्रेलिया रंगशालामा सोमबार भएको खेलमा अष्ट्रेलियाले डेनमार्कलाई २–० गोलले हरायो ।
ब्रिसवन स्टेडियममा भएको अर्को खेलमा इङ्ल्यान्डले नाइजेरियालाई टाइब्रेकरमा ४–२ गोलले स्तब्ध बनायो । अष्ट्रेलियाको जितमा केटलिन फोर्डले २९औं र हेली रासोले ७०औं मिनेटमा गोल गर्नुभयो । क्वार्टरफाइनलमा अष्ट्रेलियाले फ्रान्स र मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी प्रतिस्पर्धात्मक अर्को खेलमा इङ्ल्यान्ड र नाइजेरियाले निर्धारित र थप समयमा समेत गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेर सकिएको हो ।
टाइब्रेकरमा इङ्ल्यान्डकी बेथानी इङ्ल्यान्ड, रचेल डाली, एलेक्स ग्रीनवुड र चोलोई केलीले गोल गर्नुभयो । जर्जिया स्टानवेले चुक्नुभएको थियो । नाइजेरियाकी क्रिष्टि युचेइवी र रसहिडाट एजिबाडेले गोल गर्नुभयो ।
डिसाएर ओपारानोजी र मिचेली एलोजी असफल बनेपछि नाइजेरिया घरफर्कन बाध्य बन्यो । विजेता इङ्ल्यान्डले क्वार्टरफाइनलमा कोलम्बिया र जमैकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend