logo
  • आइतबार, असोज १८ २०८३

भारी वर्षापछि काठमाडौँका विभिन्न स्थान डुबानमा


  • पब्लिक सूचना
  • मंगलबार, साउन २३ २०८०

काठमाडौँमा गएरातिदेखि भारी वर्षा  भइरहेको छ । भारी वर्षाका कारण गौरिघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको छ ।

काठमाडौँ उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपास भारी वर्षा भएको कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पनि पानीको बहाव बढेको छ ।

विष्णुमती, धोविखोला, मनोहरालगायतमा जलसतह बढेकोले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend