पब्लिक सूचना
Sweden's goalkeeper #01 Zecira Musovic (R) makes a save in front of USA's forward #11 Sophia Smith (L) during the Australia and New Zealand 2023 Women's World Cup round of 16 football match between Sweden and USA at Melbourne Rectangular Stadium in Melbourne on August 6, 2023. (Photo by WILLIAM WEST / AFP)
स्विडेन फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेलबर्न रेकटेङगुलर स्टेडियममा आइतबार भएको खेलमा स्विडेनले चार पटकको कीर्तिमानी विजेता अमेरिकालाई सडनडेथमा ५–४ गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि टाइब्रेकरमा ३–३ गोलको बराबरी भएपछि सडनडेथमा पुगेर खेल सकिएको थियो । टाइब्रेकरमा स्विडेनकी फ्रिडोलिना रोल्फो, एलिन रुवेन्सन र हाना बेनिन्सले गोल गर्नुभयो ।
नाथलि विजोर्नको प्रहार आकासिएको थियो । रेविका ब्लोमभिस्टका प्रहारमा अमेरिकी गोलरक्षक एलिसा नाहिर बाधक बन्नुभयो । सडनडेथमा स्विडेनकी मागडालेना एरिक्सन र लिन हुर्टिगले गोल गर्नुभयो ।
यस्तै टाइब्रेकरमा अमेरिकाकी एन्डी सुलीभान, लिन्डसे होरान र क्रिष्टि मेविसले गोल गर्नुभयो । मेगान रापिनोई र सोफिया स्मिथको प्रहार बाहिरियो भने केली ओहोराको प्रहार पोस्ट्मा ठोकिएको थियो ।
सडन डेथमा एलिसा नाहिरले गोल गर्नुभयो । क्वार्टरफाइनलमा स्विडेनले जापानसँग प्रतिस्पर्धा गर्नेछ । जापानले नर्वेलाई ३–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
यस्तै सिड्नी फुटबल स्टेडियममा आइतबार नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले साउथ अफ्रिकालाई २–० गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
नेदरल्यान्ड्सको जितमा जिल रुडले नवौँ र लिन्थ बियन्सटेनले ६८औँ मिनेटमा गोल गर्नुभयो । क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले स्वीट्जरल्यान्डलाई ५–१ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । एजेन्सी
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend