पब्लिक सूचना
नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले काभा पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा मंगोलियासँग पराजित भएको छ ।

किर्गिस्तानको विस्केकमा आइतबारदेखि शुरु भएको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल मंगोलियासँग ३–१ को सेटमा पराजित भएको हो ।
किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपालले मंगोलियालाई सुरुवाती दुई सेटको सुरुवातमा कडा चुनौती पेश गरेपनि त्यही गतिलाई निरन्तरता दिन नसक्दा सेट गुमाउन पुगेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा नेपालले अग्रता लिदै प्रतिस्पर्धात्मक नै जित निकाल्न सफल भयो ।
एक समय ९–१४ ले पछि परेको नेपालले लगातार ३ अंक जोड्दै पहिलो सेटलाई १२–१४ को स्थितिमा ल्याउँदै मंगोलियालाई कडा चुनौती दिँदै खेललाई १७–१९ को स्थितिमा ल्याएका थिए । तर, त्यसपछि नेपालले थप २ अंक जोड्दा मंगोलियालाई १९–२५ ले नतिजा सुम्पन पुग्यो ।
दोस्रो सेटमा पनि कडा चुनौती दिएपनि १२–१२ को स्थितिबाट पछि परेको नेपालले मंगोलियालाई २०–२५ ले नतिजा सुम्पन पुग्यो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा नेपालले १२–१२ को बराबरीबाट अग्रता लिदै एक समय २०–१५ को आरामदायी अग्रतासहित जिततर्फ अघि बढेको थियो ।
मंगोलियाले पूनरागमन प्रयास गर्र्दै खेललाई २४–२४ को बराबरीमा ल्याएपनि नेपालले २७–२५ ले सेट जित्न सफल भयो । चौथो सेटमा सुरुवातदेखि नै पछि परेको नेपालले पूनरागमन प्रयास गरेपनि खेलमा फर्कन नसक्दा नतिजा २०–२५ ले सुम्पन पुग्यो ।
राउन्ड रोविन लिगको आधारमा हुने खेलमा नेपालले अब सोमबार किर्गिस्तान, मंगलबार इरान, बिहीबार तुर्केमिनिस्तान, शुक्रबार किर्गिस्तानको अर्काे टोली तथा त्यसपछि आइतबार उज्वेकिस्तानसँग खेल्नेछ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend