logo
  • शनिबार, असोज १७ २०८३

दीपेन्द्रको टाइगर्स ग्लोबल टि२० क्यानडा २०२३ तेस्रो संस्करणको च्याम्पियन


  • पब्लिक सूचना
  • सोमबार, साउन २२ २०८०

नेपाली क्रिकेट टोेलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडा २०२३ को फाइनलमा सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई पाँच विकेटले हराउँदै उपाधि जितेको छ ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । टाइगर्सलाई अन्तिम ६ बलमा जितमा १३ रन चाहिँएको थियो ।

आन्द्रे रसेलले अन्तिम बलमा दुई रन चाहिँदा छक्का हान्दै खेल जिताएका थिए । त्यसअघि दोस्रो बलमा रसेलले छक्का हान्दै जितको सम्भाबना बलियो बनाएका थिए ।

May be an image of 1 person and text that says 'GT20 GANADA FINALS JAGUARS JATINDER AYAAN KHAN 130/5 200VERS 56 26(15) 23(22) HARIS AAYAN KHAN RUSSELL 2-21 1-24 ABBAS AFRIDI 1-31 � L TIGERS RUTHERFORD LYNN 135/5 200VERS 38*(29) 31(35) 20+(6) RUSSELL IFTIKHAR AYAAN KHAN 2-8 1-12 1-31 JOHNSON MONTREAL TIGERS WON BY 5 WICKETS T'

आन्द्रे रसेल ६ बलमा १चौका र २ छक्कासहित २० रनमा नट आउट रहे । दीपेन्द्रले १७ बलमा १ चौकासहित १६ रनमा रिटायर्ट हर्ट आउट हुँदै आन्द्रे रसेललाई मौका दिएका थिए ।

शेर्फान रदरफोर्ड २९ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा नट आउट रहे । रदरफोर्ड नै खेलको प्लेयर अफ द म्याच र सिरिज दुबै चुनिए । क्रिस लिन ३५ बलमा ३१ र दीलप्रित सिंह १४ रनमा आउट भए ।

सन्दीपले ३ ओभरमा २० रन खर्चिदा विकेट लिन सकेनन् । इफ्तिखर अहमदले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए ।

सअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । सर्रेका ओपनर जतिन्दर सिंहले ५७ बलमा ३ चौकासहित सर्वाधिक ५६ रनमा नटआउट रहेपनि त्यो उपाधि जित्न पर्याप्त थिएन ।

May be an image of 5 people and text

आयन खानले १५ बलमा २ छक्कासहित २६ रन बनाएका थिए । ओमान आयन र जतिन्दर बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

टाइगर्सका आयन खानले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले समान एक विकेट लिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend