logo
  • आइतबार, असोज १८ २०८३

गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह


  • पब्लिक सूचना
  • शनिबार, साउन २० २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्ताका लागि बोलाउनु भएको छ । प्रधानमन्त्री दाहालले गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै अनसनरत समितिका संयोजक रुपसागर देवी उपाध्यायलाई आन्दोलनको कार्यक्रम फिर्ता गरेर वार्तामा आउन आग्रह गर्नुभएको हो ।

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले संघर्षलाई थप सशक्त बनाउने, रौतहटको  धर्ना काठमाडौंमा सार्ने चेतावनी (विज्ञप्तीसहित) « रिपोर्टर्स नेपाल

वार्ताका लागि शनिबारको समय तय गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । सचिवालयले भनेको छ, “संयोजक रुपसागर देवी उपाध्यायलाई वार्ताका लागि आग्रहपत्र पठाएको छ । आग्रह पत्रमा सङ्घर्ष समितिको आन्दोलनबारे सरकारको ध्यानआर्काषण भएको छ ।” पीडितको मागबारे वार्ता सम्वादका माध्यमबाट तत्काल समाधान गर्न आग्रह गरिएको हो । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend