logo
  • शनिबार, असोज १७ २०८३

भदौ ८ मा आयुष्मान खुरानाको ‘ड्रिम गर्ल–२’


  • पब्लिक सूचना
  • शुक्रबार, साउन १९ २०८०

काठमाडौँ, साउन १९ गते । बलिउड चलचित्र ‘ड्रिम गर्ल–२’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता आयुष्मान खुराना मुख्य भूमिकामा रहेको चलचित्रमा आयुष्मान डान्सर पूजाको भूमिकामा देखिनुभएको छ ।

चलचित्रको निर्देशक राज शाण्डिल्य हुनुहुन्छ । चलचित्रको निर्मात्री एकता कपुर र शोभा कपुर हुनुहुन्छ भने एकताले चलचित्र ट्रेलर सामाजिक सञ्जालमा सेयर गर्नुभएको हो । ट्रेलर सेयर गर्दै उहाँले लेख्नुभएको छ, “ड्रिम गर्लको संसारमा सपनाकी रानीको मजा लिन तयार रहनुहोस् ।” भदौ ८ मा प्रदर्शन हुने चलचित्रमा आयुष्मानसँगै अनन्या पाण्डे, परेश रावल, अनु कपुर, विजय राज, राजपाल यादव, सीमा पहवालगायत कलाकारको अभिनय छ । चलचित्र सन् २०१९ को  ‘ड्रिम गर्ल’ को सिक्वेल हो । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend