logo
  • आइतबार, असोज १८ २०८३

मोरोक्को नकआउट चरणमा, जर्मनी बाहिरियो


  • पब्लिक सूचना
  • शुक्रबार, साउन १९ २०८०

Colombia's forward #18 Linda Caicedo (R) and Morocco's forward #19 Sakina Diki fight for the ball during the Australia and New Zealand 2023 Women's World Cup Group H football match between Morocco and Colombia at Perth Rectangular Stadium in Perth on August 3, 2023. (Photo by Colin MURTY / AFP)

काठमाडौं, साउन १८ गते । मोरोक्को फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एच’ अन्तर्गत बिहीबार भएको समूह चरणको अन्तिम खेलमा कोलम्बियालाई १–० गोलले हराउँदै मोरोक्को नकआउट चरणमा प्रवेश गरेको हो ।

मोरोक्कोको जितमा एनिसा लाहमरीले निर्णायक गोल गर्नुभयो । उहाँले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । हारेपनि कोलम्बियाले समूह विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

यस समूहबाट उपाधिको दाबेदार जर्मनी र दक्षिण कोरिया बाहिरिएका छन् । बिहीबार नै भएको खेलमा जर्मनी र दक्षिण कोरिया १–१ गोलको बराबरीमा रोकिए ।

दुई पटकको विश्वकप विजेता जर्मनी पहिलो पटक विश्वकपको समूह चरणबाट बाहिरिएको हो । जर्मनीले सन् २००३ र २००७ को विश्वकप उपाधि जितेको थियो । जर्मनीले यसअघिका सबै संस्करणमा नकआउट चरणमा पुगेको थियो ।

यस समूहमा विजेता कोलम्बियाले तीन खेलबाट  ६ अङ्क बनायो । उपविजेता मोरोक्कोले पनि समान खेलबाट ६ अङ्क जोड्यो । मोरोक्को गोल अन्तरका आधारमा पछि परेको हो । चार अङ्क बनाएको जर्मनी र एक अङ्क बनाएको दक्षिण कोरियाका लागि विश्वकप समूह चरणमै सीमित बन्यो । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend