logo
  • शनिबार, असोज १७ २०८३

ब्राजिल विश्वकपबाट बाहिरियो


  • पब्लिक सूचना
  • बिहिबार, साउन १८ २०८०

उपाधि दावेदार टोलीको रुपमा हेरिएको ब्राजिल फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

नकआउट चरण पार गर्न जित निकाल्नुपर्ने समूह चरणको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको हो ।

ब्राजिललाई बराबरीमा रोकेको जमैका भने समूहमा दोस्रो हुँदै प्रि–क्वाटरफाइनलमा पुगन सफल भएको छ । मेलवर्नस्थित मेलवर्न रेकटेङ्गुलर स्टेडियममा बुधबार भएको खेलमा ब्राजिलले ७३ प्रतिशत बल पोसेसन राख्दै लगातार दवाव सिर्जन गरेपनि जमैकाको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिदै समूह चरणबाटै बाहिरिन पुग्यो ।

अग्रपङ्तिमा विरलै मौका बनाएको जमैकाले डिफेन्स र गोलकिपिङमा भने अब्बल प्रदर्शन गर्दै ब्राजिललाई रोक्दै समूह चरण पार गर्न सफल भयो । जमैका पहिलो पटक विश्वकप फुटबलको नकआउट चरणमा पुग्न सफल भएको हो ।

यस बराबरीसँगै अपराजित रहेको जमैका ३ खेलबाट ५ अंक जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा रह्यो । ब्राजिल समान एक जित, बराबरी र हारबाट ४ अंक जोडेर तेस्रो भयो । यो समूहमा फ्रान्सले तीन खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहँदा पानामा अंकविहीन हुँदै बाहिरियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend