logo
  • शनिबार, असोज १७ २०८३

फ्रान्स र जमैका नकआउट चरणमा


  • पब्लिक सूचना
  • बिहिबार, साउन १८ २०८०

Jamaica's forward #09 Kameron Simmonds (L) and Jamaica's forward #21 Cheyna Matthews watch Jamaica's goalkeeper #13 Rebecca Spencer (R) make a save during the Australia and New Zealand 2023 Women's World Cup Group F football match between Jamaica and Brazil at Melbourne Rectangular Stadium, also known as AAMI Park, in Melbourne on August 2, 2023. (Photo by WILLIAM WEST / AFP)

काठमाडौं, साउन १७ गते । फ्रान्स र जमैका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘एफ’ अन्तर्गत बुधबार भएको खेलमा फ्रान्सले पानमालाई ६–३ गोलले हरायो ।

अर्को खेलमा जमैकाले ब्राजिललाई गोलरहित बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनाएको हो । जितसँगै समूह विजेता बनेको फ्रान्सले तीन खेलबाट सात अङ्क बनायो ।

समान खेलबाट पाँच अङ्क बनाएको जमैका उपविजेता बन्यो । जमैकासँगको बराबरी ब्राजिलका लागि निकै महङ्गो बनेको छ । बराबरीसँगै चार अङ्क बनाएको ब्राजिल विश्वकपबाट बाहिरिएको छ । विश्वकपबाट बाहिरिएको पानमा अङ्कबिहिन बन्यो । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend