logo
  • मंगलबार, कार्तिक ११ २०८३

अमेरिकालाई इरानको प्रस्ताव– सर्त स्वीकारे ६ दिनमै होर्मुज जलमार्ग खोल्छौं


  • पब्लिक सूचना
  • सोमबार, कार्तिक ३ २०८३

मध्यपूर्वमा जारी युद्धबीच इरानले अमेरिकाले आफ्ना सर्त स्वीकार गरे ६ दिनभित्र होर्मुज जलमार्गमा सामान्य जहाज आवागमन पुनर्स्थापित गर्न सकिने बताएको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले आइतबार अमेरिकासमक्ष प्रस्तुत गरिएको सातदिने प्रस्ताव अझै कायम रहेको बताएका हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अराघचीले अमेरिकाले इरानका सर्त स्वीकार गरे छैटौं दिनमा होर्मुज जलमार्ग खोल्न सकिने र सातौं दिनदेखि दुई देशबीच वार्ता सुरू गर्न सकिने बताएका छन्।

तर अमेरिकाले इरानका सबै सर्त स्वीकार गरिसकेको छैन।

इस्लामिक सहयोग संगठन (ओआइसी) को बैठकमा सहभागी हुन इराकको राजधानी बगदाद पुगेका अराघचीले इरानी सञ्चारमाध्यमसँग कुरा गर्दै अमेरिकी पक्षबाट प्राप्त टिप्पणीहरूको समीक्षा भइरहेको बताएका हुन्।

उनले अमेरिकाले प्रस्तावमाथि टिप्पणी पठाएको तर आफ्नो देशको प्रस्ताव अझै कायम रहेको बताए।

अमेरिकाले इमानदारी देखाए होर्मुज जलमार्ग पुनः खोल्ने बाटो स्पष्ट रहेको उनको भनाइ छ।

इरानले गत सेप्टेम्बरमा यो प्रस्ताव अघि सारेको थियो। त्यसअघि अमेरिका र इरानबीच भएको अस्थायी युद्धविराम भंग भएपछि फेरि तनाव चर्किएको थियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend