पब्लिक सूचना
बलिउड अभिनेता आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल २’ को ट्रेलर सार्वजनिक भएको छ।
मंगलबार बालाजी मोसन पिक्चर्स युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा आयुष्मान पूजाको भूमिकामा देखिएका छन्। फिल्ममा उनी आफ्नाे बुबाको ऋण तिर्न र पैसा कमाएर प्रेमिकालाई विवाह गर्न डान्सर पूजाको अवतारमा प्रस्तुत हुन्छन्।

राज शान्दिल्या लिखित तथा निर्देशित फिल्म ‘ड्रिम गर्ल २’ मा एकता कपूर र शोभा कपूरको लगानी रहेको छ। फिल्ममा आयुष्मानसँगै अनन्या पाण्डे, परेश रावल, अनु कपूर, विजय राज, राजपाल यादव, सीमा पहवा, गोवर्धन अस्रानी, अभिषेक बनेर्जी, मन्जोत सिंह, मनोज जोशी, अनुशा मिश्रालगायत कलाकारको अभिनय छ।
यो फिल्म २५ अगस्टदेखि प्रदर्शन हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend