logo
  • बुधबार, असोज २८ २०८३

बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेका प्रदेश सभा सदस्य थापाद्वारा राजीनामा


  • पब्लिक सूचना
  • बुधबार, असोज २८ २०८३

धनगढी, असोज २७ गते । सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिनुभएको छ । मङ्गलबार बजेट पारित भएपछि उहाँले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिनुभएको हो । नेकपा (एमाले) का थापा नेपाली कांग्रेसका कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुनुहुन्थ्यो ।

आफ्नै पार्टीका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रस्तुत गर्नुभएको बजेटप्रति थापा असन्तुष्ट रहनुभएको बुझिएको छ ।

थापाको राजीनामापत्र प्रदेश सभामुखसमक्ष पुगे पनि हालसम्म स्वीकृत नभएको र त्यसबारे छलफल भइरहेको प्रदेश सभा सचिवालयकी सूचना अधिकारी ताराकुमारी जोशीले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend