पब्लिक सूचना
काठमाडौँ । धितोपत्र बजारमा मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४.१२ अङ्कले बढेर २५९९.९३ विन्दुमा पुगेको छ।
आज कुल ३५१ वटा कम्पनीका १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर कारोबारमार्फत ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ बराबरमा खरीदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये १०४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटा कम्पनीको घटेको छ र ७ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
मंगलबार कारोबार भएका १३ उपसूचकमध्ये ५ वटामा वृद्धि देखिएको छ भने ८ वटा उपसूचक नकारात्मक रहेका छन्। जीवन बीमा उपसूचक सर्वाधिक १.७७ प्रतिशतले बढेको छ।
आजको कारोबारमा सगरमाथा जलविद्युत कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक १२.४४ प्रतिशत नाफा कमाएका छन् ।
यता, स्नो रिभर लिमिटेडका सेयरधनीहरूले सर्वाधिक १५.०० प्रतिशत गुमाएका छन् । आज कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रह्यो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend