logo
  • शनिबार, असोज १७ २०८३

महिला टी–२० विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा


  • पब्लिक सूचना
  • बुधबार, साउन १७ २०८०

आगामी अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म मलेसियामा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली महिला खेलाडी टोलीको घोषणा गरेको छ ।

क्यानले मङ्गलबार नियमित कप्तान रूविना क्षेत्रीसहित २४ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको हो । क्यानले टोलीका परेका खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

प्रशिक्षणमा पहिलो पटक युवा खेलाडी मनीषा चौधरी, स्नेहा महरा र पूजा महतोले स्थान बनाउनुभएको छ । अनुभवी खेलाडी नेरी थापा, रोमा थापा र बलर सबनम राईले पनि प्रशिक्षण टोलीका पुनरागमन गर्नुभएको छ ।

छनोट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, भुटान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । यस्तै समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टोली विश्वकपमा छनोट हुनेछन् ।

प्रारम्भिक टोलीका खेलाडी

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनीषा चौधरी, रुवि पोदार, खुसी डङ्गोल, पूजा महतो, सबनम राई, रोमा थापा, कन्चन श्रेष्ठ, सृष्टि जैसी र स्नेहा महरा ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend