logo
  • सोमबार, असोज २६ २०८३

इतिहास र योगदानले मात्र पुग्दैन, क्षमता र सक्रियता पनि चाहिन्छ : केपी ओली


  • पब्लिक सूचना
  • सोमबार, असोज २६ २०८३

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई सक्रिय भएर काम गर्न निर्देशन दिएका छन्।

सोमबार मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले सक्रिय भएर पार्टी काममा लाग्न निर्देशन दिएका हुन्।

‘इतिहासको मात्र कुरा गरेर, त्यसलाई मात्रै मापदण्ड बनाएर अब मूल्याङ्कन हुँदैन। विगतको इतिहास र योगदानसँगै अब क्षमता छ कि छैन, त्यसको पनि मूल्याङ्कन हुन्छ’, उनले भने।

विषयवस्तुमा जतिसुकै विज्ञता भए पनि व्यवहारमा सक्रिय नहुने हो भने त्यसको कुनै अर्थ नरहने उनको भनाइ छ।

लामो परिश्रम, त्याग र पार्टीको विश्वास जितेर मात्र जिम्मेवारी प्राप्त हुने भन्दै उनले अब जिम्मेवारी कसरी पूरा हुन्छ भनेर सबैको परीक्षा सुरु भएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend