पब्लिक सूचना
नेपाली कांग्रेसको महामन्त्री पदमा सुनिलकुमार शर्माले उदयशम्शेर राणासँग मतान्तर घटाएका छन्।
४१०० मत गन्दा सुनिलले उदयशम्शेरसँग मतान्तर घटाएका हुन्। उदयशम्शेरले १३३३ मत ल्याउँदा सुनिलले ११७५ मत पाएका छन्। उनीहरूबीचको मतान्तर १५८ छ।यसअघि २२५ मतले उदयशम्शेर अगाडि थिए।
दुई महामन्त्री चयन हुने खुलातर्फ प्रदीप पौडेलले धेरै मत पाएका छन्। उनले अहिलेसम्म २३९१ मत पाएका छन्।
अमरसिंह पुन मगरले ८८७, गुरुराज घिमिरेले ८२३, नैन सिंह महरले ५३९, डा. सन्तोष उपाध्यायले ५७ र शंकर तिवारीले ७१ मत पाएका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend