logo
  • बिहिबार, असोज २२ २०८३

नेपाल पर्यटन बोर्डले ल्यायो १ अर्ब ७० करोडको बजेट


  • पब्लिक सूचना
  • बिहिबार, असोज २२ २०८३

२२ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । बोर्डले चालु आवको तेस्रो महिना चल्दै गर्दा नयाँ बजेट ल्याएको हो ।

गत आवमा १ अर्ब ५९ करोडको बजेट कार्यान्वयन गरेको बोर्डले ८९ करोड ४७ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको थियो । जुन लक्ष्यको ५६ प्रतिशत मात्र थियो । यस वर्ष गत विनियोजन भन्दा ११ करोड बढी आकारको बजेट आएको छ ।

आव २०८१/८२ मा भने बोर्डले १ अर्ब १६ करोड रुपैयाँ बजेट खर्च गर्न सकेको थियो । वर्तमान सरकारले सबै नियुक्ति खारेजगरेसँगै बोर्ड नेतृत्वविहिन भएको थियो । नयाँ सीईओ नियुक्त नहुँदा बोर्डले रणनीतिक महत्त्वका गतिविधि भने गर्न सकेको छैन । नियमित दैनिक प्रक्रियामा अल्झिएको छ ।

यस वर्ष बोर्डले पर्यटन सेवा शूल्कबाट सबैभन्दा धेरै १ अर्ब १७ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । पदयात्रा पर्यटक सूचना व्यवस्थापन शूल्क (टीम्स)बाट ४ करोड ६६ लाख आम्दानीको अनुमान गरिएको छ ।

यसबाहेक विविध आय (सहभागिता योगदान, हलभाडा, ब्याज), बोर्डको संचित रकम, टीम्स संचित, टिम्स संयुक्त खाताको सञ्चित रकमलगायत शीर्षकबाट बोर्डले आम्दानी हुने अनुमान गरेको छ । बोर्डको खर्चमध्ये कर्मचारी खर्च १५ करोड ६३ लाख र कार्यालय खर्च १० करोड २१ लाख हुने अनुमान छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend