logo
  • बिहिबार, असोज २२ २०८३

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शान बढाउँदै युवा उद्यमी राज कार्कीलाई ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ प्रदान!


  • पब्लिक सूचना
  • बिहिबार, असोज २२ २०८३

काठमाडौं । राष्ट्रिय नाचघर, जमल, काठमाडौँमा आयोजित एक भव्य समारोहबीच देश तथा समाजमा उत्कृष्ट योगदान पुर्‍याउने प्रतिभाहरूलाई सम्मानित गरिएको छ। सोही क्रममा विभिन्न देशमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका तथा अध्ययनरत अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको उपस्थितिमा नेपालको तर्फबाट व्यापार तथा उद्योग क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनु भएका युवा उद्यमी श्री राज कार्कीज्यूलाई प्रतिष्ठित इन्टरनेसनल आइकन अवार्ड २०२६ (International Icon Award 2026 Nepal) बाट सम्मानित गरिएको छ।

व्यवसाय तथा उद्योग क्षेत्रमा नवीन सोच, अटल त्याग र उच्च व्यावसायिक नैतिकता प्रदर्शन गर्दै आउनुभएका राज कार्कीले देशको आर्थिक तथा सामाजिक विकासमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ। उहाँको यसै जोसिलो नेतृत्व र निरन्तरको मिहिनेतले आज देशका हजारौं युवाहरूलाई स्वरोजगार र उद्यमशीलता तर्फ बढेर केही गर्नुपर्छ भन्ने बलियो प्रेरणा प्रदान गरेको छ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ३ औँ संस्करणको ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ कार्यक्रमको गरिमा देशका विशिष्ट व्यक्तित्वहरूको आतिथ्यताले अझ चम्किएको थियो। कार्यक्रममा पूर्वमन्त्री तथा जनमत पार्टीका अध्यक्ष माननीय डा. सी.के. राउतको प्रमुख आतिथ्यता रहेको थियो भने पूर्व सांसद विनोद पहाडी, राष्ट्रिय सभाका विशिष्ट व्यक्तित्वहरू तथा चर्चित स्रष्टा तथा अन्तराष्ट्रिय इभेन्ट निर्देशक भारत समारी लगायतका ख्यातिप्राप्त व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।

विभिन्न देशबाट विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेका विज्ञ तथा प्रतिनिधिहरूको बीचमा नेपालको प्रतिनिधित्व गर्दै यो प्रतिष्ठित सम्मान प्राप्त गर्न पाउँदा अत्यन्तै गर्व महसुस भएको श्री राज कार्कीज्यूले व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, यो सम्मानले विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली युवाहरूलाई उद्यमशीलतामा आउनका लागि थप ठूलो हौसला मिलेको छ र यसले आफ्नो कामप्रति अझ बढी लगनशील भएर अघि बढ्ने ऊर्जा थपेको छ।

संसारभरि र देश भित्र समेत आफ्नो कर्मशील क्षेत्रबाट राष्ट्रको शिर उच्च बनाउन सफल राज कार्की जस्ता प्रतिभाशाली युवाहरू नै नेपालको समृद्धिको वास्तविक आधार हुन्। यो सम्मानले उहाँलाई आगामी दिनमा व्यापार तथा उद्योगको दायरालाई अझ फराकिलो पार्दै समाज र राष्ट्रप्रतिको उत्तरदायित्व अझै बढी निष्ठाका साथ पूरा गर्न ऊर्जा थपेको छ। ‘ठाँटी खबर’ परिवार उहाँको सुदीर्घ आयु, उत्तरोत्तर प्रगति तथा आगामी व्यावसायिक सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछ!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend