logo
  • शनिबार, असोज १७ २०८३

सानदार जितसँगै भारतलाई सिरिज उपाधि, ईशान किशन सिरिजको सर्वोत्कृष्ट खेलाडी


  • पब्लिक सूचना
  • बुधबार, साउन १७ २०८०

भारतले तेस्रो तथा निर्णायक ओडिआई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई २ सय रनको फराकिलो अन्तरले हराउँदै सिरिज उपाधि जितेको हो । भारतले तीन खेलको सिरिज २-१ ले जितेको हो । वेस्टइन्डिजविरुद्ध २००६ देखी यो लगातार १६ औं ओडिआई सिरिज भारतले जितेको हो ।

जितका लागि ३ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३५.३ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । वेस्टइन्डिजका लागि गुडाकेश मोती ३४ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३९ रनमा नट आउट रहे ।

एलिक एथानाज ५० बलमा ३ चौकासहित ३२, ओपनर ब्रेन्डन किंग शून्य, कायल मेयर्स ४, शाई होप ५, केसी कार्टी ६, शिम्रन हेटमायर ४, रोमारियो शेफर्ड ८, यानिक कारियाह १९ र अल्जारी जोशेफ २६ रनमा आउट भए ।

भारतका शार्दुल ठाकुरले ६.३ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए । मुकेश कुमार ७ ओभरमा १ मेडनसहित ३० रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ र जयदेव उनादकटले एक विकेट लिए ।

त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५१ रन बनाएको थियो । भारतको जितमा ओपनर शुभमन गिलले ९२ बलमा ११ चौकासहित सर्वाधिक ८५ रन बनाएका थिए ।

अर्का ओपनर ईशान किशन ६४ बलमा ८ चौका र ३ छक्कासहित ७७ रनमा आउट भए । भारतलाई ओपनर किशन र गिलले पहिलो विकेटका लागि १९.४ ओभरमा १ सय ४३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

उक्त उत्कृष्ट सुरुवातलाई मध्यक्रममा सन्जु स्यामसनले आक्रामक रुपमा रन जोड्दै विशाल योगफलको आधार खडा गरेका थिए ।

सन्जु स्यामसनले ४१ बलमा २ चौका र ४ छक्कासहित ५१ रनमा आउट भए । त्यसपछि सूर्य र हार्दिकले उत्कृष्ट ब्याटिङ गरेका थिए । कप्तान हार्दिक पान्ड्या ५२ बलमा ४ चौका र ५ छक्कासहित ७० रनमा नटआउट रहेका थिए ।

सूर्यकुमार यादव ३० बलमा २ चौका र २ छक्कासहित ३५ रनमा आउट भए । रविन्द्र जडेजा ७ बलमा ८ रनमा नट आउट रहे ।

वेस्टइन्डिजका रोमारियो शेफर्डले १० ओभरमा ७३ रन खर्चेर सर्वाधिक २ विकेट लिए । अल्जारी जोशेफ, गुडाकेश मोती र यानिक कारियाहले समान एक विकेट लिए ।

तीन खेलमै अर्धशतकका साथ विकेटकिपर ईशान किशन सिरिजको सर्वोत्कृष्ट खेलाडी चुनिए । किशनले ३ खेलमा १ सय ८४ रन बनाएका थिए ।

May be an image of 1 person, batting and text

पहिलो खेलमा भारत ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । अव यी दुई देशबीच पाँच टि२० आई खेलको सिरिज हुनेछ । पहिलो खेल बिहीबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend