logo
  • शनिबार, असोज १७ २०८३

जापान पठाउने भन्दै ठगी, ७ मुद्दामा १ करोड ३५ लाख ठगीमा समातिए एक युवा


  • पब्लिक सूचना
  • बुधबार, असोज १४ २०८३

१४ असोज, काठमाडौं । वैदेशिक रोजगारीमा जापान पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ घर भएका २६ वर्षीय दीपबहादुर तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी नीम इजुकेशन कन्सल्टेन्सीका सञ्चालक रहेको प्रहरीले बताएको छ ।

जापान पठाउने भन्दै उनले १५ जनाबाट १ करोड १ लाख लिई ठगी गरेको पाइएको छ । त्यसैगरी ६ वटा बैैंकिङ कसुरको मुद्दामा ३४ लाख ६५ हजार ठगी गरेको खुलेको छ । पक्राउ परेका उनलाई वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend