logo
  • आइतबार, असोज १८ २०८३

बीपी राजमार्ग सञ्चालनमा


  • पब्लिक सूचना
  • मंगलबार, असोज १३ २०८३

काठमाडौँ । बीपी राजमार्ग सञ्चालनमा आएको छ । बिहीबारदेखि लगातार परेको वर्षाका कारण रोसी खोलामा आएको बाढीले बीपी राजमार्गको अस्थायी ट्र्याक बगाएको थियो ।

वर्षा रोकिएसँगै फेरि डाइभर्सन बनाई मंगलबारदेखि सडक सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।

विभागकाअनुसार बीपी राजमार्गको मात्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे, चौकीडाँडा लगायतका स्थानमा पहिरो तथा डाइभर्सन बगेका कारण सडक अवरुद्ध बनेको थियो । अहिले दुईतर्फी सञ्चालनमा आइसकेको सडक विभागले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend