logo
  • आइतबार, असोज १८ २०८३

कांग्रेस महामन्त्री पौडेल काठमाडौं-५ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि


  • पब्लिक सूचना
  • मंगलबार, असोज १३ २०८३

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । १५औं महाधिवेशनका लागि उनी काठमाडौं-५ बाट प्रतिनिधि चयन भएका हुन् ।

यस्तै, सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्

उपसभापति विश्वप्रकाश शर्मा झापा-१ मा मतदानमार्फत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

कांग्रेसको महाधिवेशन यही असोज १६ गतेका लागि तय भएको थियो तर बाढीपहिरोका कारण केही दिन पछि सार्ने तयारी गरिएको छ ।

संस्थापनइतरको शेरबहादुर देउवा समूहले पनि मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी थालेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend