logo
  • शनिबार, असोज १७ २०८३

चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा अति भारी


  • पब्लिक सूचना
  • आइतबार, असोज ११ २०८३

११ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको माडी कल्यानपुरको केन्द्रमा २२२.४ मिलिमिटर वर्षा मापन भएको छ ।

यो समाचार तयार पार्दासम्म उक्त मापन केन्द्र आसपास क्षेत्रमा पनि २०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

यसैगरी परासीको बर्दघाट मापन केन्द्रमा २०७ मिलिमिटर वर्षा भएको छ । चितवनको मेघौली मापन केन्द्रमा २०२.८ मिलिमिटर वर्षा भएको छ भने तनहुँको अत्रौउलीटार मापन केन्द्रमा २०२.२ मिलिमिटर वर्षा भएको छ ।

२४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भएको मानिन्छ । यस्तै, १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा र ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भनिन्छ ।

साथै मधेश प्रदेश लगायत गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको विभागले जनाएको छ । कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

आजदेखि भने मौसममा केही सुधार आउने पूर्वानुमान देखिएको छ । महाशाखाका अनुसार कोशी र मधेशमा आकाश खुल्दै जानेछ भने काठमाडौं उपत्यकामा उल्लेख्य सुधार हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend