logo
  • शनिबार, असोज १७ २०८३

भक्तपुर र मुलपानी जोड्ने पुल सँगैको जमिन भासिएपछि आवागमनमा रोक


  • पब्लिक सूचना
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ । काठमाडौँको मुलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएको छ । पुलसँगैको ग्याविन जालीको भाग भासिएपछि सो पुलबाट आउजाउ गर्न रोक लगाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए ।

सो पुलबाट मुलपानी र भक्तपुरतर्फ आउजाउ गरिन्छ । अविरल वर्षाका कारण भक्तपुरको खस्याङ खुसुङ खोलाको सतह बढेको छ । डेकुचा हुँदै चाँगुनारायणतर्फ जाने सडकमा खस्याङ खुसुङ खोलाको बहाव बढेर बाटोसम्म पुगेको छ ।

त्यस्तै, लोकन्थली नजिकै सागबारीमा नदीको सतह बढेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेकाहरू स्थानीयलाई हटाएको छ । टहरामा बस्नेहरूलाई नजिकैको आदर्श जनप्रेमी स्मुलमा लगेर राखिएको एसपी खड्काले बताए ।

बालकोट र लोकन्थलीको सिमानामा पर्ने सागबारी हनुमन्ते, मनोहरा र गोदावरी खोला आएर जोडिने त्रिवेणी स्थल हो । बिहीबारदेखि देशभर निरन्तर वर्षा भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend