logo
  • आइतबार, असोज १८ २०८३

ओलीले बैठक चलाउन खोजेपछि कृष्णगोपालले रोके, दुईबीच हलभित्रै चर्काचर्की


  • पब्लिक सूचना
  • सोमबार, असोज ५ २०८३

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र नेता कृष्णगोपाल श्रेष्ठबीच चर्काचर्की भएको छ।

केन्द्रीय कमिटीको बैठक अध्यक्षले सञ्चालन गर्न खोजेपछि ओली र श्रेष्ठबीच चर्काचर्की भएको हो।

केन्द्रीय कमिटीको बैठक पार्टीको महासचिवले सञ्चालन गर्ने प्रचलन छ।

तर ओलीले बैठक चलाउन खोजेपछि कृष्णगोपालले उठेर  बैठक तपाईंले सञ्चालन गर्न मिल्दैन भनेका थिए।

‘यो काम महासचिवको हो। तपाईंले सञ्चालन गर्न मिल्दैन। विधि प्रक्रियाअनुसार जानुपर्छ,’ आसनबाट उठेर श्रेष्ठले ओलीलाई भनेका थिए।

त्यसपछि ओलीले श्रेष्ठलाई अहिले नबोल्न आग्रह गरेका थिए

‘तपाईं बस्नुस्। तपाईं अहिले बोल्न मिल्दैन,’ ओलीले श्रेष्ठलाई भने।

जबाफ दिने क्रममा श्रेष्ठ अझै चर्को सुनिएका थिए।

‘तपाईं मलाई रोक्ने को हो? यो पार्टीमा मेरो पनि उत्तिकै योगदान छ। के गर्न सक्नुहुन्छ, गर्नुस्। तपाईंले गर्ने के हो गरे हुन्छ। पार्टी तपाईंको मात्रै हो? यस्तो तरिकाले पार्टी चल्छ? यही तरिकाले पार्टी चलाउला भन्नुभएको छ?,’ श्रेष्ठले भने।

हलभित्र चर्काचर्की भएपछि त्यहाँ रहेका स्वयंसेवकहरूले पत्रकारहरूलाई बाहिर पठाएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend