logo
  • शनिबार, असोज १७ २०८३

त्रिपुरेश्वरमा बस आगलागी घटना : भित्रै थिए चालक, उपचारका लागि पठाइयो अस्पताल


  • पब्लिक सूचना
  • सोमबार, असोज ५ २०८३

५ असोज, काठमाडौं । त्रिपुरेश्वरस्थित चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ । आगलागी हुँदा बसका चालक समेत घाइते भएको पाइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गर्दै बसका चालक घाइते भएको जानकारी दिए ।

‘बस आगलागी भएको भएर चालक घाइते भएका छन् । उद्धार गरेर अस्पताल पठाएका छौं । आगलागीको कारणबारे अनुसन्धान हुँदैछ’ एसपीसुवेदीले अनलाइनखबरसँग भने ।

आगलागी भएको बस नम्बर बा ५ ख ४२७४ हो । बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा रहेको प्रहरीले बताएको छ । उनी बसभित्रै रहेका बेला आगलागी भएकाले घटना संकास्पद रहेको प्रहरीको भनाई छ । घाइते चालकलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend