logo
  • आइतबार, असोज १८ २०८३

आयोजक न्युजिल्यान्ड बाहिरियो, नर्वेको गोल वर्षा


  • पब्लिक सूचना
  • सोमबार, साउन १५ २०८०

डुनेडिन – सह आयोजक न्युजिल्यान्ड फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा स्वीट्जरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएको हो ।

डुनेडिन स्टेडियम न्युजिल्यान्डमा आइतबार भएको खेलमा प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकियो ।

यस बराबरीले स्वीट्जरल्यान्ड समूह ‘ए’ मा अपराजित र शीर्षस्थानमा रहँदै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।अपराजित स्वीट्जरल्यान्डले समूह चरणमा ३ खेलबाट ५ अंक बटुल्यो । न्युजिल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमा रहँदै बाहिरियो । समान ४ अंक नै रहेपनिनर्वे गोल अन्तरमा अघि रहँदै समूह उपविजेता बनेर अघि बढेको छ ।

समूह ‘ए’ को अर्काे खेलमा नर्वेले १० खेलाडीमा समेटिएको फिलिपिन्समाथि ६–० को सानदार जित निकालेर समूह उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ ।

नर्वेको जितमा सोफी हाउगले ह्याट्रिक पूरा गर्दा क्यारोलिन ग्राहम हान्सेन र गुरो रेइटेनले गोल गर्दा एक गोल उपहार पाएको थियो । सोफी जारी विश्वकपमा ह्याट्रिक प्रहार गर्ने दोस्रो खेलाडी बनेकी छिन् । यसअघि ब्राजिलकी एरी बोर्गेसले ह्याट्रिक पुरा गरेकी थिइन् ।

यस जितले नर्वेले ३ खेलबाट ४ अंक बटुल्यो । समान ४ अंक नै रहेपनि नर्वे न्युजिल्यान्डभन्दा अघि रह्यो । पहिलोपल्ट विश्वकप खेलिरहेको फिलिपिन्स ३ अंक जोडेर पुछारमा रह्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend