बजार मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारका व्यापारीले गोलभेँडा सडकमा पोखेर नष्ट गरेका छन्। खपत हुन छाडेको भन्दै किसान र व्यापारीले बजारपरिसरभित्र गोलभेँडा फालेर नष्ट गरेका हुन्।
कालीमाटी थोक तथा खुद्रा बजार समितिले आइतबार बिहान करिब ३० हजार किलो गोलभेँडा फालेको जनाएको छ। सर्वसाधारणले भने अहिले पनि प्रतिकिलाे ४० रुपैयाँमा गाेलभेँडा किनेर खाएका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend