पब्लिक सूचना
फिल्म ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको एक्सन लुक सार्वजनिक गरिएको छ। अभिनेता तथा निर्देशक विराज भट्ट्ले फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरेका हुन्।
पोस्टरमा समीरलाई कसिलो शरीर र आक्रामक एक्सन अवतारमा देखाइएको छ। यो फिल्म विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको हो। निर्मातामा सरस्वती भट्ट रहेकी छन् भने विराज भट्टले निर्देशन गरेका हुन्।
फिल्ममा समीर र विराज भट्टसँगै अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, कृशु शाही, वर्षा इटानीलगायत कलाकारहरूको अभिनय छ।
सन्तोष सरकारको लेखन रहेको फिल्ममा महेश पौडेलको छायांकन, बन्दे प्रसादको सम्पादन छ। द्वन्द्व निर्देशनको जिम्मेवारी स्टन्ट सिल्भा र शंकर महर्जनले सम्हालेका छन्।
‘१२ गाउँ २’ आगामी असोज ३० गते अर्थात् फूलपातीको दिनदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend