पब्लिक सूचना
Germany's defender #15 Sjoeke Nusken (L) shoots the ball next to Colombia's forward #09 Mayra Ramirez (R) during the Australia and New Zealand 2023 Women's World Cup Group H football match between Germany and Colombia at Sydney Football Stadium in Sydney on July 30, 2023. (Photo by FRANCK FIFE / AFP)
काठमाडौं, साउन १४ गते । फिफा महिला विश्वकप फुटबलको उपाधि दाबेदार जर्मनी कोलम्बियासँग पराजित भएको छ । समूह ‘एच’ अन्तर्गत सिड्नीमा आइतबार भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–१ गोलले हरायो ।
सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा कोलम्बियालाई जिताउन लिन्डा काइसेडोले ५२औँ र म्यानुएला भानेगासले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो । जर्मनीकी एलेसान्द्रा पोपले ८९औँ मिनेटमा पेनाल्टीमार्फत गर्नुभएको गोल सान्त्वना बनेको थियो । लगातार दोस्रो जितसँगै कोलम्बियाले नआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । ६ अङ्क बनाएको कोलम्बिया समूहको शीर्षस्थानमा छ ।
पराजित जर्मनी तीन अङ्कसहित दोस्रो स्थानमा छ । समान तीन अङ्क बनाएको मोरोक्कोको पनि तीन अङ्क छ । आइतबार नै भएको खेलमा मोरोक्कोले दक्षिण कोरियालाई १–० गोलले हराएको थियो । लगातार दुई हार खेपेको दक्षिण कोरियाले अङ्कको खाता खोल्न सकेको छैन । एजेन्सी
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend