पब्लिक सूचना
इंग्ल्यान्डका एक सर्वाधिक सफल तीव्र गतिका बलर स्टुअर्ट बोर्डले आफ्नो क्रिकेट करिअरबाट सन्न्यासको घोषणा गरेका छन् । अष्ट्रेलियाविरुद्ध घरेलु मैदान द ओभलमा जारी द एसेजको पाँचौं टेस्टको तेस्रो दिन बोर्डले सन्न्यास लिने निर्णय लिएका हुन् । उनले यसै खेलमार्फत सन्न्यास लिने जनाएका हुन् ।

बोर्ड विष्ट टेस्ट क्रिकेटका एक सर्वाधिक तीव्र गतिका बलर हुन् । सन् २००७ मा श्रीलंकाविरुद्ध कोलोम्बोमा टेस्टमा डेब्यू गरेका उनले १ सय ६६ खेलमा ६ सय विकेट लिनुको साथै ३ हजार ६ सय ४७ रन बनाएका छन् । उनी विश्व टेस्ट क्रिकेट इतिहासमै सर्वाधिक विकेट लिने पाँचौं बलर हुन् ।
तीव्र गतिका बलरमा उनी टेस्टमा विश्वकै दोस्रो सर्वाधिक विकेट लिने बलर हुन् । उनी अघि तीव्र गतिका बलरमा सर्वाधिक विकेट जेम्श एन्डरसनले ६ सय ९० विकेट लिएका छन् । श्रीलंकाका स्पिनर मथैया मुरलीधरन ८ सय, अष्ट्रेलिया स्वर्गिय शेन वार्न ७ सय ८ र भारतीय अनिल कुम्बले ६ सय १९ विकेट लिएका थिए ।
एन्डरसन र स्टुअर्ट ब्रोड इंग्ल्यान्डको एकदशक देखी पहिलो रोजाईको जोडीमा खेल्दै लगातार सानदार प्रदर्शन गरेका थिए । स्टुअर्ट ब्रोडलाई २००७ को टि२० विश्वकपमा भारतीय ब्याटर युवराज सिंहले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए । तर उनले आफ्नो करिअर अन्त्य भने इतिहासमै सर्वाधिक टेस्ट विकेट लिने दोस्रो तीव्र गतिको बलरमा अन्त्य गरेका छन् ।

बोर्डले सन् २०१० मा पाकिस्तानविरुद्ध लड्समा नवौं नम्बरमा ब्याटिङ गर्दै पहिलो इनिङमा १ सय ६९ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
उनको यो कुनैपनि खेलको उत्कृष्ट ब्याटिङ हो । २०१० मा इंग्ल्यान्डले टि२० विश्वकप जित्दा बोर्ड टोलीका सदस्य थिए । टि२० आईमा उनले ५६ खेलमा ६५ विकेट लिएका छन् ।
२०१४ पछि उनी टि२० टोलीमा थिएनन् । बोर्डले १ सय २१ ओडिआई खेलमा १ सय ७८ विकेट लिएका छन् । २०१६ पछि उनी ओडिआई टोलीमा थिएनन् । २०१६ पछि उनी टेस्ट टोलीमा लगातार खेल्दै आएका थिए । ३७ वर्षीय बोर्डको पछिल्लो समय प्रदर्शन भने केहि खस्किएको छ ।
पाँचौं टेस्ट खेलमा इंग्ल्यान्ड दोस्रो इनिङमा ३८९–९ को अवस्थामा छ । बोर्ड २ र एन्डरसन ८ रनमा क्रिजमा छन् । समग्रमा इंग्ल्यान्डले ३ सय ७७ रनको अग्रता लिएको छ । पाँच खेलको टेस्टमा अष्ट्रेलिया २–१ ले अघि हुँदै एशेज ट्रफी जोगाउन सफल भएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend