logo
  • आइतबार, असोज १८ २०८३

रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र ९ २०८३

काठमाडौँ। सङ्घीय संसद् राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ। समितिको संयोजकमा रेणु चन्द र सचिवमा सम्झना देवकोटा चयन भएका छन् ।

राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीको उपस्थितिमा गठित महिला समन्वय समितिले समितिको कार्यविधि–२०८३ पारित गरेको छ।

राष्ट्रिय सभा नियमावली २०७५ (दोस्रो संशोधन) को नियम २३२ ङ बमोजिम २०८३ जेष्ठ १७ गते गठन भएको यो समितिले संविधान र कानुन प्रदत्त महिला अधिकार सुनिश्चित गर्न, लैङ्गिक समानता र सामाजिक न्यायका लागि प्रभावकारी भूमिका खेल्ने उद्देश्य राखेको छ।

समितिले लैङ्गिक सवालमा एकीकृत धारणा बनाउने, अध्ययन–अनुसन्धान गर्ने, क्षमता अभिवृद्धि गर्ने तथा सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने लगायतका कार्य गर्नेछ। समिति बढीमा नौ सदस्यीय रहनेछ भने संयोजक र सचिव हरेक वर्ष चयन गरिने व्यवस्था गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend