logo
  • शनिबार, असोज १७ २०८३

बाराकी ३ वर्षीया बालिका हत्या प्रकरण: दोषीलाई कारबाही र ‘फास्ट ट्रयाक कोर्ट’ को माग


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र ९ २०८३

काठमाडौँ । सांसदहरूले देशमा बढ्दो असुरक्षा, बालिकाहरूमाथि भइरहेका जघन्य अपराध र सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रिय सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्याको घटनालाई लिएर सरकारको कडा आलोचना गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका हुन्।

सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक र व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिएकी छन्। उनले बाल यौन हिंसाका मुद्दाहरूलाई ‘फास्ट ट्रयाक कोर्ट’ मार्फत कारबाही गरी हदैसम्मको सजाय दिन माग गरेकी छन्।

यसैगरी, सांसद सोमनाथ पोर्तेलले पीडित परिवारलाई दबाब दिएर भिडियो छायाङ्कन गरिएको विषयमा गृह प्रशासनको कडा आलोचना गरेका छन्। उनले नागरिकको पीडालाई ‘तमासा’ नबनाउन सरकारलाई आग्रह गरेका छन्।

त्यस्तै, सांसद सम्झना देवकोटाले पछिल्लो पाँच वर्षमा बालिका बलात्कारको तथ्याङ्क डरलाग्दो रूपमा बढेको उल्लेख गरेकी छन्। उनले यस प्रकारका घटनाले सिङ्गो समाज र परिवारलाई विखण्डन गरिरहेको बताएकी छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend