logo
  • आइतबार, असोज १८ २०८३

बिचौलियाको जालो तोड्न माग गर्दै पोल्ट्री व्यवसायीको प्रदर्शन


  • पब्लिक सूचना
  • सोमबार, भाद्र ८ २०८३

८ भदौ, काठमाडौं । पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् ।

साना किसानको विस्थान बन्द गर्नु पर्ने माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । देशका विभिन्न ठाउँबाट आएका किसानहरूले माइतिघर मण्डलमा प्रदर्शन गरेका छन् ।

किसानहरूले किसान र उपभोक्तालाई जोड्न माग गर्दै बिचौलियाको जालो तोड्नु पर्ने माग सरकारसँग गरेका छन् ।

उनीहरुले पोल्ट्रीमा ग्रेडिङ प्रणाली बन्द गर्नुपर्ने, भारतीय कुखुरा तस्करी बन्द गर्नुपर्ने, दाना र चल्लाको मूल्य पारदर्शी हुनुपर्ने, वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्ने । दाना र चल्लाको गुनस्तरीयता सुनिश्चिता गर्नुपर्ने मागसमेत राखेका छन् ।

किसानहरूले श्रमको सम्मान गर्नुपर्ने र लगानीको ग्यारेन्टी गर्न पनि माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend