logo
  • आइतबार, असोज १८ २०८३

नेपाल ट्रष्टद्वारा राजा वीरेन्द्र र उनको परिवारको सम्पत्ति खोजबिनका लागि सार्वजनिक आह्वान


  • पब्लिक सूचना
  • शुक्रबार, साउन २९ २०८३

काठमाडौँ । नेपाल सरकार, नेपाल ट्रष्टको कार्यालयले दिवङ्गत राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरूको परिवारको नाममा रहेको वा हक, स्वामित्व र भोगाधिकार कायम हुन सक्ने चल-अचल सम्पत्तिको खोजबिनका लागि सार्वजनिक सूचना जारी गरेको छ।

ट्रष्टले शुक्रबार एक सूचना प्रकाशित गर्दै उक्त सम्पत्तिसम्बन्धी तथ्ययुक्त प्रमाण र जानकारी उपलब्ध गराउन आग्रह गरेको हो।

नेपाल ट्रष्टको कार्यालयका अनुसार राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको कुनै पनि चल तथा अचल सम्पत्तिको विवरण, प्रमाण, कागजात वा अन्य जानकारी भएमा कार्यालयमा उपलब्ध गराउन सकिनेछ।

विस्तृत सूचनाका लागि नेपाल ट्रष्टको आधिकारिक वेबसाइट www.nepaltrust.gov.np हेर्न सकिनेछ। साथै, थप जानकारी वा सूचना उपलब्ध गराउनका लागि फोन नम्बर ०१-५३२५४६५ वा इमेल admin@nepaltrust.gov.np मार्फत सम्पर्क गर्न सकिने कार्यालयले जनाएको छ।

772696415_1727886525166073_7013198512494764614_n

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend